जसपा नेपालको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेका छन् ।
सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्किएपछि पार्टीको पदाधिकारी बैठक प्रभावित हुँदै आएको थियो । कार्यकारिणी समितिको बैठकबारे छलफल गर्न वैशाख १४ गते पदाधिकारी बैठक बसेको थियो । त्यसपछि लकडाउन सुरु भएका कारण बैठक बस्न नमिल्ने निर्णय भएको थियो ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बस्न नमानेपछि अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको छुट्टै बैठक बसाएको दावी गरिएको छ । सोही बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका चार प्रदेश सांसदलाई कारवाही गरेपछि पार्टीमा विवाद चुलिएको हो ।
आज बस्ने बैठकले भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण