शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु, २ जना घाइते

आइतबार, २६ वैशाख २०७८, १२ : ४५
आइतबार, २६ वैशाख २०७८

मोरङ । चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै भएका घटनामा २ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर मृत्यु भएको हो । बारीमा काम गरिरहेका बेला चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका  ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय जाननारा खातुन चट्याङ लागी घाइते भएका हुन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप