प्रदेश १ मा पछिल्लो १२ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु
विराटनगर । प्रदेश १ मा पछिल्लो १२ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबल अस्पतालमा ६ र विराट मेडिकल कलेजमा थप एक गरि सात जनाको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरी उपमहानगर ८ की ५४ वर्षीय महिलाको आज विहान मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका इन्चार्ज सुनील देवले बताए ।
नोबेलमा आज बिहान २ः३० बजे धरानका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही दिन ३ः३० बजे विराटनगर १ त्रिवेणी चोक घर भएका ७६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । यस्तै सिरहाको कल्याणपुर ४ की ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबेलमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।
यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण