व्यापारीले थाइल्याण्डबाट भारतमा बोलाए यौनकर्मी, कोरोनाका कारण मृत्यु
उत्तर प्रदेशको राजधानी लखनऊमा कोरोनाको कहर जारी छ र यसैबीच यहाँ कोरोनाका कारण मृत्युको एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन थाहा पाउँदा तपाईंलाई पनि अचम्मै लाग्छ । लखनऊमा थाइल्याण्डबाट आएकी एक महिलाको दुई दिनपछि नै कोरोनाका कारण मृत्यु भएको छ । प्रहरीले महिलाको अन्तिम संस्कार गर्यो र सुरुवाती परीक्षण गर्दा महिला एक यौनकर्मी भएको पत्ता लाग्यो । उनलाई एक व्यापारीले पैसा खर्च गरेर भारतमा बोलाएको एक भारतीय सञ्चार माध्यमले बताएको छ ।
जानकारीका अनुसार करिब १० दिनअघि एक ठूला व्यापारीका छोराद्वारा ती महिलालाई लखनऊ बोलाइएको थियो । गाइडमार्फत् महिला लखनऊ पुगेकी थिइन् तर त्यहाँ पुगेको दुई दिनपछि उनी बिरामी भइन् र उनलाई उपचारका लागि राम मनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो । महिलाको ३ मेमा अस्पतालमा नै मृत्यु भएको छ ।
महिलाको मृत्युपछि लखनऊ प्रहरीले दिल्लीमा थाइल्याण्डको दूतावासमा सम्पर्क गर्यो त्यसपछि दूतावासले एक पत्र पनि पठाएको छ । चिट्ठीमार्फत् पत्ता लाग्यो कि दूतावासद्वारा महिलाको परिवारलाई उनको मत्युबारे जानकारी दिइयो र त्यसपछि उनकै परिवारले महिलाको अन्तिम संस्कार भारतमा नै गराइदिने इच्छा व्यक्त गरे । यसका साथै उनको परिवारले उनको अस्थीलाई थाइल्याण्डमा फिर्ता पठाइदिन पनि आग्रह गरे । दूतावासको पत्रमा गाइडबारे पनि कुरा गरिएको छ ।
थाइल्याण्डको दूतावासले लखनऊ प्रशासनसँग महिलाको मृत्यु दर्ताको प्रमाणपत्र पनि मागेको छ । विभूति खंड थाना प्रभारी चन्द्र शेखर सिंहले लखनऊ प्रहरीले महिलाको मृत्यु पछि अन्तिम संस्कार गरेको र यसबारे दूतावासलाई जानकारी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण