रौतहटमा थप २ संक्रमितको मृत्यु
आइतबार, २६ वैशाख २०७८, १९ : १९
रौतहट । रौतहटमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । सदरमुकाम गौरस्थित अस्थायी कोभिड अस्पतालमा थप दुई संक्रमितको ज्यान गएको हो । आइतबार कोरोना संक्रमणका कारण २ जनाको ज्यान गएपछि जिल्लामा मृतकको संख्या १६ पुगेको छ ।
गौर नगरपालिका ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कोरोनाको दोस्रो लहरमा रौतहटका १६ जना संक्रमितले ज्यान गुमाइसकेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी तथ्याँकमा उल्लेख रहेको छ आइतबारसम्म जिल्लामा कुल संक्रमितको संख्या ४२० र सक्रिय संक्रमितको संख्या ३६७ रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण