बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो
लन्डन । बेलायतमा लकडाउन खुल्नको लागि ठिक एकसाता बाँकी रहँदा कोरोना संक्रमण दर र मृत्यु दरमा निरन्तर कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ३४ हजार ८६० पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५९ हजार ४४ छ भने ४२ लाख ४८ हजार ११ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।
५३ लाख ४१ हजार डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ३० लाख ४१ हजार ४८ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५३ लाख ७१ हजार ६६९ जनाले पहिलो डोज र एक करोड ७६ लाख ६९ हजार ३७९ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।
हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २१ हजार, भारतमा २ लाख ४५ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार, फ्रान्समा एक लाख ६ हजारको मृत्यु भएको छ ।
सरकारको पूर्व निर्धारित समयअनुसार नै आउँदो मे १७ बाट इङ्ग्ल्यान्डमा लकडाउन खोलिने भएको छ । लकडाउन खोल्ने सम्बन्धमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ प्रष्ट पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण