सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तीनवटा लवीमा मतदानको व्यवस्था

सोमबार, २७ वैशाख २०७८, १५ : ४०
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ ।  त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ ।  हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । कोभिड संक्रमित माननीय सदस्यहरूका लागि ल्होत्से हलमा मतदानको व्यबस्था रहेको छ । 

प्रधानमन्त्री पछि दलका शीर्ष नेताहरुले छोटो बोल्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र मत विभाजनको प्रक्रिया सुरु हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप