सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यस्तै ५ सय ६४ नमुनाको परीक्षण गर्दा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढीका १ सय ४ पुरुष, ६६ महिला रहेका छन् ।
अन्य जिल्लाका ७५ पुरुष र ६२ महिलामा कोरोना पुष्टि भएको उनले बताए । २ सय ६८ जनामा नेगेटिभ रिपोर्ट आएको छ । अहिले अस्पतालका भेन्टीलेटरमा ५ ,आईसियु मा १३, अक्सिजन सपोर्टमा ३६, सामान्य ५ र आजै निको भएर घर फर्किने ५ जना र नयाँ भर्ना हुनेको संख्या १५ जना रहेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण