निषेधाज्ञामा स्मार्ट फोरजीका ग्राहकले पाउनेछन् ४ गुणासम्मको बोनस
काठमाडौं । स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आकर्षक अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणा सम्म बोनस पाउने भएका छन् । यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्छन ।
यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरूसँग नियमित सम्पर्क गर्नको लागि ग्राहकहरुले प्राप्त बोनस प्रयोग गर्न सक्ने भएकाले यस्तो अफर ल्याएको स्मार्टले जनाएको छ । बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ ।
यस अफर लकडाउन अवधिभर मात्र लागू हुने पनि कम्पनीले जनाएको छ । स्मार्ट ग्राहकहरुले स्मार्ट वेबपेजमा वा ई–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमई पे, कनेक्ट आइपीएस, इनेट पे, पे प्वाइन्ट नेपाल) मार्फत निषेधाज्ञा अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्नेछन् ।
यस भन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो । तर परिस्थितिलाई मध्येनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको जनाएको छ ।
बोनस अफरहरु निम्न प्रकारका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण