सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु
मङ्गलबार, २८ वैशाख २०७८, १९ : ५८
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ३१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण