बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु
बाँके । बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका–१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–२ निवासी ३० वर्षीया महिला, कोहलपुर–१० निवासी ४५ वर्षीया महिला, कोहलपुर–११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर–१४ निवासी ६४ वर्षीया महिलाको पनि गए राति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण