भोजपुरी फिल्म ‘प्रेम गीत’ मा पनि शिल्पा
काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलको अभिनय भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा पनि देख्न सकिने भएको छ । निर्माण युनिटले फिल्मको हालै ट्रेलर सार्वजनिक गरेको छ । जसमा शिल्पा पनि देखिएकी छन् । फिल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झल्को ट्रेलमा देख्न सकिन्छ ।
पोखरा आसपास छायाँकन भएको फिल्म सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
सोनु खत्रीकै निर्माण रहेको फिल्ममा रत्नाकर कुमार प्रस्तुतकर्ता रहेका छन् । हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको फिल्ममा एवी मोहनको कथा रहेको छ । शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण