वरिष्ठ उपाध्यक्ष ढकालको समन्वयमा ‘एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क’ स्थापना

काठमाडौं । बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षार्थ सहयोग पुर्याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र (एफएनसीसीआई कोभिड–१९ हल्प डेस्क) स्थापना गरिएकोे छ ।
महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् ।
कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।
१.अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि महासंघका उपाध्यक्ष रामचन्द्र संघई र सौरभ ज्योती,
२. अस्पताल/आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ
३.अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा. केयुर गौतम
४. एम्बुलेन्स/आइसोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य
५. औषधि/मेडिकल उपकरणका लागि प्रकाशजंग पाण्डे र भक्त हमाल
६.होटल/हवाई यातायात व्यवस्थापनका लागि ज्योत्स्ना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटा तोकिएका छन् ।
महासंघको सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्पmत सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।
सहायता केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवम् सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिबी नभेटेर रवि पक्रेको ?’ भन्ने न्यायाधीशको प्रश्नमा सरकारी वकिलको जवाफ - ‘इट्स टेक टाइम नि श्रीमान्’
-
नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
-
बैंकर्स सङ्घका पदाधिकारी नवनियुक्त गभर्नरबिच भेटवार्ता
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड