बुटवलमा अक्सिजनको चरम अभाव, थप ६ संक्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको बताए । ‘दैनिक आपूर्ति हुने करिब २५० सिलिन्डर हो , खपत झन्डै ४ सय सिलिन्डर हुन्छ’ उनले भने, ‘अक्सिजनको चरम अभाव भएको छ ।’
यसैबीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसमध्ये रुपन्देहीका मात्र ५ जना रहेका छन् । मृतक एकजना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए। गएरातिबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।
मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेहरुमा ५७ , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको गौतमले बताए । उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण