भरुवा बन्दुक पड्किँदा मकवानपुरमा १ जना घाइते
बुधबार, २९ वैशाख २०७८, १६ : ३३
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली घाइते भएका हुन् ।
असावधानीपूर्वक बन्दुक पड्किँदा बन्दुक बोकेर जंगल भएका सिञ्जाली घाइते भएका हुन् । उनलाई आफन्तले हेटौंडास्थित सन्चो अस्पतालमा उपचार गराउन लगेपछि प्रहरीले घटना थाहा पाएको थियो । उनको कम्मरको दायाँ भागमा चोट लागेको छ ।
अवैध रुपमा गनगन बहादुरले प्रयोग गरेको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण