अक्सिजन अभावमा बुटवलमा ५ संक्रमितको मृत्यु
बुटवल । अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।
मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।
प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए । उनले अस्पताल भित्रको प्लान्टबाट दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण