वैशाख २२ पछि ९ सय ७५ संक्रमितको शव सेनाद्वारा व्यवस्थापन
काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि मृतकको संख्या ह्वात्तै बढेको छ । नेपाली सेनाको शव व्यवस्थापन टिमले वैशाख २२ यता ९ सय ७५ संक्रमितको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमणबाट काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । वैशाख २२ भन्दा पछि काठमाडौं उपत्यकामा ५ सय ३ जनाको शव व्यवस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
गतवर्ष चैतबाट कोभिड संक्रमण शुरु भएसँगै नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । सेनाले हालसम्म ४ हजार ६ सय ८२ शव व्यवस्थापन गरेको छ । गत साता दैनिक १ सयजना भन्दा बढीले ज्यान गुमाएका थिए । दैनिक १ सयभन्दा धेरैको शव व्यवस्थापन चुनौतिपूर्ण रहेको सैनिक प्रवक्ता पौडेलले बताए । उनले भने–‘चुनौती छ तर, सबै क्षेत्रबाट सहयोग पाएका छौं ।’

वैशाख २२ यता हिजोसम्म पूर्वी पृतनाले ५२ जना संक्रमितको शव व्यवस्थापन गरेको छ । मध्यपूर्वी पृतनाको टिमले २८, मध्य पृतनाले ४३ र पश्चिम पृतनाले ५० संक्रमितको शव व्यवस्थापन गरेको छ । मध्य पश्चिम पृतनाको शव व्यवस्थापन टिमले १ सय ३९, उत्तर पश्चिम पृतनाको टिमले ७२ र सुदूर पश्चिम पृतनाले ८८ जना संक्रमितको शव व्यवस्थापन गरेको छ । काठमाडौंमा रहेको उपत्यका पृतनाले वैशाख २२ यता हिजोसम्म ५ सय ३ शव व्यवस्थापन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण