पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा
शुक्रबार, ३१ वैशाख २०७८, १४ : १६
काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाह छन् ।
उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण