संकलन गरिएका अक्सिजन व्यक्तिगत प्रयोगमा लगिएको छैन्- प्रहरी
काठमाडौं । ट्रमा सेन्टरका निमित्त निर्देशक डा.सन्तोष पौडेलले ट्रमाका लागि छुट्याएको अक्सिजन ‘पुलिसका ठुला मान्छे’ले लगेको भनेर बिहिबार सामाजिक सञ्जालमा पोष्ट गरे । प्रहरी प्रधान कार्यालयले उनको सो भनाइको खण्डन गर्दै जनताको सेवामा अहोरात्र खटिएका प्रहरीलाई लान्छना लगाउनु दुःखद भएको बताएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी प्रकाश अधिकारीले विज्ञप्ति निकालेर उद्योग, कारखाना वेल्डिङ पसल र व्यक्तिबाट संकलित अक्सिजन प्रहरी अधिकृतले व्यक्तिगत प्रयोगमा नलगेको दावी गरेका छन् । ‘व्यक्तिगत आवेगमा लेखिएका भनाई र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोमा गम्भिर ध्यानाकर्षण भएको छ’ प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमा भनेको छ– ‘१ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानेर खटिएका प्रहरी कर्मचारीको कर्तव्यपालनका सम्बन्धमा नै गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु अनुचित छ ।’
नेपाल प्रहरी अस्पतालमा २ सय ८ जनाभन्दा बढी संक्रमितको निशुल्क उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी अस्पतालमा यसअघि बालाजुस्थित शंकर अक्सिजन प्लान्टबाट ल्याउने गरिएको र सिसिएमसीले निर्धारण गरेको प्रतिदिन २ सय सिलिन्डरभन्दा न्युन संख्यामा अक्सिजन लिएर कोभिड संक्रमितको उपचार गरिरहेको प्रधान कार्यालयले जनाएको छ । ‘अस्पतालमा अपुग अक्सिजन आन्तरिक रुपमा व्यवस्थापन गरिरहेका छौं’ डीआईजी अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीले देशभरबाट ७ हजार भन्दा बढी अक्सिजन सिलिन्डर संकलन गरेर अस्पतालमा वितरण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण