हेटौँडा अस्पतालमा अक्सिजन अभाव
मकवानपुर । हेटौँडा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितहरु बढ्दै गएपछि संकमित बिरामीहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभाव भएको जनाएको हो ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएसँगै संक्रमितहरुको उपचारमा समस्या भइरहेको र अक्सिजन अभावका कारण अस्पतालले प्रदान गर्दै आएको उपचार सेवामा प्रभावित हुने जनाएको छ । अस्पतालले संक्रमणको सुरुवाती चरणमा निरन्तर रुपमा संक्रमित बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आइरहेका भएपनि आजबाट भर्ना हुने संक्रमितहरुको लागि अक्सिजन उपलब्ध गराउन नसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
अक्सिजन अभाव भएसँगै अस्पतालले थप संक्रमितको भर्ना र उपचाररत बिरामीहरुको लागि अक्सिजन दिने कार्यका समस्या भएको अस्पतालका कोभिड इन्चार्ज डा.काफ्लेले बताए । त्यस्तै आइसियु र एचडियुमा भर्ना भएका बिरामीहरुको लागी भने केही समयका लागि मात्र अक्सिजन पुग्ने जनाइएको छ ।
अस्पतालमा आवश्यक अक्सिजनको लागि अन्य जिल्लाका उद्योगहरूसँग भर पर्नुपर्ने अवस्था रहेकाले अस्पतालमा अक्सिजन अभाव हुन गएको र अन्य जिल्लामा अक्सिजन भर्न पठाइएका सिलिन्डरहरू समेत गए रातीदेखि उपलब्ध हुन छाडेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण