चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग
शुक्रबार, ३१ वैशाख २०७८, १५ : ३१
सियोल । चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ ।
गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन । उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ । -योनहाप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण