मोरङमा दश दिन थपियो निषेधाज्ञा
विराटनगर । मोरङ जिल्लामा निषेधाज्ञा दश दिन थपिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको हो । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए । निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको ढुवानीका लागि पनि बिहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।
प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यस अघि औद्योगिक मजदूरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ । उद्योगकै आवास गृहमा रहेका मजदूर प्रयोग गरेर उद्योग सञ्चालन गर्न पाइनेछ । सङ्क्रमण बढेकाले बाहिरी मजदूरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए।
सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहनेछ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनकाअनुसार बैङ्कलाई अनलाइन कारोबार गर्नका लागि आग्रह गरिएको छ । प्रशासनले खाद्यान्न सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुको बिक्रीका लागि बिहान १० बजेसम्मको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण