गण्डकीमा कोरोना संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीमा एकै दिन यति धेरै संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो हो । शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा २३ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी चरक मेमोरियलमा भर्ना भएका पोखरा–४ का ८२ वर्षीय बृद्धको मृत्यु भएको छ । यस्तै पोखरा–१३ का ६० वर्षीय पोखरा–२८ की ४८ वर्षीय महिला, पोखरा–३३ का ४० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रममा मृत्यु भएको छ ।
यस्तै पोखरा–१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–२६ का ७७ वर्षीय महिला, पोखरा–३ का ७६ वर्षीय पुरुष, पोखरा–१७ का ६३ वर्षीय पुरुष, पोखरा–२५ का ४२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै कास्कीको रुपा गाउँपालिका १ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका–३ स्याङजाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै स्याङ्जा गल्याङ नगरपालिका–३ का २६ वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ–७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै तनहुँ भीमाद नगरपालिका–६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण