तेस्रोपटक ‘बादल’लाई गृह मन्त्रालयमा स्वागत
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई तेस्रो पटक गृह मन्त्रालयका बरिष्ठ अधिकारी तथा सुरक्षा अधिकारीहरुले स्वागत गरेका छन् । शुक्रबार शीतल निवासमा शपथ खाएर बादलले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरे ।
मन्त्रालयमा ‘बादल’लाई गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले स्वागत गरेका थिए । तीन वर्षको अवधिमा बादललाई तेस्रोपटक मन्त्रालयमा स्वागत गरिएको हो । ०७४ फागुन १४ मा बादल पहिलोपटक गृहमन्त्री नियुक्त भएर मन्त्रालयमा गएका थिए ।

राष्ट्रियसभा सदस्यको पद गुमाएपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ०७८ वैशाख ५ मा फेरि गृहमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रवार उनले तेस्रोपटक गृहमन्त्रीको रुपमा पदबहाली गरेका छन् । पदबहाली गर्दै गृहमन्त्री बादलले सम्पुर्ण शक्ति कोभिड–१९ संक्रमणको नियन्त्रणमा केन्द्रित गर्न सचिव, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।
‘अक्सिजनको सहज आपूर्तिमा ध्यान दिनुस्’ बादलले मन्त्रालयमा उच्च अधिकारीहरुलाई ब्रिफिङ गर्दै भने–‘निषेधाज्ञाको मौका छोपेर हुनसक्ने कालोबजारीमा सचेत हुनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण