सुदूरपश्चिममा कोरोनाबाट थप ३० जनाको मृत्यु
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ८, कैलालीका १२, डडेल्धुराका ३, डोटीका १, दार्चुलाका २, बझाङका १, अछामका २ र बाँके जिल्लाका एकजना छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४३० जनामा एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि हुनका साथै १५ जनाको मृत्यु भएको छ भने १ हजार ५७६ जनाको पीसीआर परीक्षण गर्दा ८७५ जनामा कोरोना पोजेटिभ पुष्टि भई १५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
प्रदेशमा हालसम्म ३४ हजार ४८ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ६४० जना संक्रमित फेला परेका छन् भने १४९ जनाको मृत्यु भएको उनले बताए । यस्तै, १ लाख ५९ हजार २६६ मा पीसीआर परीक्षण गर्दा २३ हजार ७९३ जनामा पोजेटिभ देखिएको र १६८ जनाको मृत्यु भएको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण