न्यायरूपी सूर्य
–प्रतिमा कार्की
कुहिरो लागेको छ
नदेखिने गरी नाङ्गो आँखाले
छेकिएको छ आकाश
र ढाकिएको छ
न्यायरूपी सूर्य !
असत्यका काला बादलहरू
मडारिरहेका छन् मेघ गर्जनसहित
आँखा नै तिर्मिराउने गरी
चम्किँदा बिजुली लाग्छ
अब यो सहरले कहिल्यै देख्ने छैन
उज्यालिएको आकाश,
उकुसमुकुस र अत्यासलाग्दो
यो धुमिल सहरमा भेटिन्छन्
अझै धमिला मानव मनहरु,
हिजो सम्मका खहरेहरू
बनेका छन् भयङ्कर बाढी
र पसेका छन्
निर्मल मुहानमा
लाग्छ अब कहिल्यै बग्ने छैनन्
निर्जलाहरु
तर
के तिनीहरुलाई थाहा छ ?
सूर्य अस्ताउँछ र उदाउँछ पनि भनेर ?
त्यो बादलले सूर्यको जिन्दगी
सधैँका लागि छेक्न सक्दैन भनेर ?
त्यो बाढीले बैमानी गरेर धमिल्याएको मुहान
कहिल्यै खहरे बनी सुक्दैन
सत्य त सदैव एउटै रह्यो
बदलिए त केवल नजरहरु ।।
सत्य डगेको इतिहास आजसम्म छैन
सत्य न हिजो झुक्यो न आज र
न भोलि नै झुक्नेछ
सत्य त केवल शाश्वत थियो
बस् पर्खाइ पो थियो भोलिको
जहाँ उदाउँदै थियो न्यायरूपी सूर्य
धपक्कै बालेर आफ्नो शिरको तेज
निभाउनलाई एउटा अन्धकार इतिहास ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण