चाँगुनारायणमा १०० शैयाको आइसोलेशन वार्ड तयार
भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ ।
होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीको लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोलेशन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए । आइसोलेसनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमञ्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो ।
गत वर्ष कोरोना सङ्क्रमणका बेलामा लकडाउन हुँदा सरकारले उक्त कलेजमा श्यया राखेको थियो । पछि कोरोना कम भएर बिरामी राख्नुपर्ने अवस्था नभएपछि कलेजले श्यया हटाई सामान सबै गोदाममा राखेको थियो । यस वर्ष त्यही श्यया विस्तार गरिएको हो । कलेजको आइसोलेशनमा होम आइसोलेशनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ । आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगर प्रमुख मिश्रले बताए ।
नगरपालिकाले होम आइसोलेशनमा बस्ने बिरामीका लागि पनि चिकित्सकको व्यवस्था गरेको छ । नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग सङ्क्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण