सेयर बजारमा उछाल, एकैदिन ५४.२१ अंकको बृद्धि
आइतबार, ०२ जेठ २०७८, १८ : ५५
काठमाडौं । आइतबार सेयर बजार नेप्से परिसूचाँकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा अधिकतम ५४ दशमलव २१ अंकले बृद्धि हुँदै २७३८ दशमलव २९ विन्दुमा पुगेको हो । यसदिन ठूला कम्पनीहरुको नेप्से परिसूचक सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ६४ अंकले बढेर ४८८ दशमलव १४ विन्दुमा पुगेको छ ।
आज सबै जसो कम्पनीहरुको सूचक धनात्मक रहँदा कारोबार रकममा समेत उच्चता आएको छ । सेयर बजार मापक नेप्सेका अनुसार आइतबार २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर १ लाख १३ हजार ६९ पटक कारोबार हुँदा अधिकतम १० अर्ब ४० करोड, ३८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढि रुरू जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने गरि बृद्धि भएको छ भने अन्य सात कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बृद्धि भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण