कर्णालीमा थपिए ४२७ कोरोनाका संक्रमित, ७ जनाको मृत्यु
आइतबार, ०२ जेठ २०७८, १९ : १८
कर्णाली प्रदेशमा दैनिक कोरोना संक्रमितको दर उकालो लाग्दो छ । तर, निको हुनेको संख्या भने न्यून छ । पछिल्लो २४ घण्टामा कर्णालीमा ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट गरिएको परीक्षणबाट ३ सय ३५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ९२ जनामा कारोना संक्रमण देखिएको हो । यस्तै कर्णालीमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका ४, सल्यान, कालिकोट र दैलेखका एक एकजना रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
योसँगै कुल संक्रमितमध्ये हाल सम्म एक सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीनसय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसनमा पाँच हजार ४ सय ९८ जना संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण