गीता कपुरको सिउदोमा सिन्दुर ! फ्यानले गरे प्रश्न– सिन्दुर कसको नामको हो ?
मुम्बई । चर्चित कोरियोग्राफर गीता कपुर बलिउडका अविवाहित सेलिब्रेटी मध्य एक हुन् । उनले अहिलेसम्म आफ्नो जीवनसाथी रोजेकी छैनन् । अहिले भने गीताको केही तस्बिर बाहिर आएको छ । जुन चर्चामा छ । तस्बिरमा गीताले सिउँदोमा सिन्दुर लगाएकी छन् । तस्बिरका कारण उनको विवाहको हल्ला फैलिएको छ ।
गीताले गोप्य रुपमा विवाह गरेको मानिसहरुको भनाई रहेको छ । रातो पहिरनमा देखिएकी गीताले रातो लिपस्टिक र रातै टिका लगाएकी छन् । रिंग र झुम्काको साथै उनको गलामा नेकलेस पनि देख्न सकिन्छ । उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
फ्यान उनको तस्बिर देखेर प्रश्न गरिरहेका छन् ‘सिन्दुर कसको नामको हो ? एक फ्यानले लेखेका छन्, ‘माको सिउँदोमा सिन्दुर ..माको विवाह कहिले भयो । अर्काे एकले लेखेका छन् सिन्दुर कसको नामको हो मा ।’
कामको कुरा गर्ने हो भने गीता डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ को जर्ज हुन् । उनले फिजा, अशोका, साथिया, हे बेबी, अलादीनलगायत थुप्रै फिल्ममा कोरियोग्राफी गरेकी छन् । उनलाई फ्यान प्रेमले गीता मा भनेर बोलाउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण