उचालियो सेयर बजार
सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ ।
कारोबारमा आएका २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर मूल्य प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ ।
समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिसेयर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । राधी जलविद्युतको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ । आज नेपाल पुर्नविमा कम्पनीको ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण