धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिन्डर नेपाल ल्याइरहेका छन् ।
निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिन्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङबाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सर्नटेटर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिन्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।
निगमले यसअघि वैशाख २८ गते चीनबाट ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यी सबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो । चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने निगमले जनाएको छ । गत शनिबार पनि निगमले गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जित्नै पर्ने दबाबबिच नेपाल आज बहराइनसँग भिड्दै
-
‘विपरीत सिद्धान्तका दलहरू मिल्नु राजनीति होइन, विकृति हो’
-
खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’