मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने– छिट्टै विश्वासको मत लिन्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने बताएका छन् । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अल्पमतको सरकार बनाएपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीले बताउँदै आएका छन् भने ओलीले भने स्पष्ट रुपमा बजेटबारे के गर्ने भन्नेबारे सार्वजनिक रुपमा बताएका छैनन् । कतिपयले ओलीले अध्यादेशमार्फत बजेट ल्याउन सक्ने समेत बताउँदै आएका छन् ।
आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रिया बाटै बजेट आउने बताएका थिए। उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताएका थिए ।
संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन । यस्तो अवस्थामा बजेट पनि कसरी आउँछ भन्ने टुंगो छैन । उसो त सरकारले बजेट अधिवेशन समेत आह्वान गरेको अवस्था छैन ।
उसो त ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली अलमलमा छन् । उनीहरुले विश्वासको मत लिँदा ओलीलाई सघाउने नसघाउने निश्चित भइसकेको छैन । यस्तो पृष्ठभूमिका बीच ओलीले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने ब्रिफिङ गरेका थिए ।
यसबाहेक आजको बैठक बैठक कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा केन्द्रित भएको थियो । बैठकमा स्वास्थ्य संकटकाल लगाउने कि भन्नेबारेमा छलफल भएपनि कुनै निर्णय नभएको एक मन्त्रीको भनाइ छ । कोरोना सङ्क्रमणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ भने संक्रमण बढ्दै गएपछि स्वास्थ्य संकटकाल लगाइनु पर्ने आवाज उठ्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण