फेरि पार्टी एकता जरुरी छ : जनार्दन शर्मा
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा उनको जोड छ ।
उनले कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागी राजनैतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे’, शर्माले सामाजिक सञ्जालमार्फत सोमबार राति लेखेका छन्- ‘लाखौं जनताले अनुमोदन गरेको एकता,त्याग र बलिदान बाट प्राप्त उपलब्धि जनअधिकार,कानुन,विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’
उनले फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने उनको जोड छ । ‘फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तर उठाउने कुराको महत्त्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन’ शर्माले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण