सर्वोच्च अदालतमा पहिलोपटक भिडियो कन्फरेन्समार्फत बहस
मङ्गलबार, ०४ जेठ २०७८, १४ : ३१
सर्वोच्च अदालतमा पहिलोपटक भर्चुअल माध्यमबाट बहस भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा बन्दीप्रत्यक्षीकरण मुद्दामा मंगलबार कानुन व्यवसायीहरुले भिडिओ कन्फरेन्सको माध्यमबाट बहस गरेका हुन् ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण सर्वोच्च अदालतले भर्चुअल माध्यमबाट इजलासमा बहस गर्ने व्यवस्थाको मिलाएको हो । भर्चुअल माध्यमबाट सर्वोच्चमा पहिलोपटक बहस शुरु भएको बताइएको छ । बन्दीप्रत्यक्षीकरण मुद्दामा अधिवक्ता विजयप्रसाद मिश्र, धर्मराज पौडेल, सर्वोच्चमा कार्यरत वैतनिक वकिल रजिता थापा र दिनेश प्रसाद शर्मा सहितका कानुन व्यवसायीले मंगलबार बहस गरेका छन् । वैतनिक वकिल थापाले कारागारमा थुनामा रहेका बाबुराम पासवानको तर्फबाट बहस गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण