कोरोनाविरुद्धको खोप उपलब्धताबारे गम्भीर हुन पूर्व उपकुलपतिहरूको आग्रह
काठमाडौं । नेपालमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढेको उल्लेख गर्दै पूर्व उपकुलपतिहरुले सरकारलाई पहिलो मात्राको खोप लिइसकेका नागरिकलाई समयमै दोस्रो चरणको खोप उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै कोभिसिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने भए पनि जनताले खोप पाउन नसकेको उल्लेख गरेका छन् ।
उमेर समूह ६० देखि ६४ वर्ष सम्मकाले पहिलो मात्रा पनि पाउन नसकेको अवस्थामा सरकार सरकार के गरिरहेको छ भन्नेबारे जनतालाई थाहा नभएको पनि उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।
‘सरकारको यो निष्क्रियताप्रति खेद प्रकट गर्दै खोप लिन नपाएका जनता र खोपको पहिलो मात्रा लिइ सकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्व उपकुलपतिहरू सरकारसँग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण