फाइजर खोपलाई ‘लामो समय फ्रिजमा भण्डारण गर्न सकिने’
एजेन्सी । युरोपेली सङ्घ (इयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिए भन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ । युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडोमा (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।
यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा इयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो । फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो ।
सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सी असमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो। यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्ष बीचका बालबालिका समेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण