बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

बिहीबार, ०६ जेठ २०७८, १८ : ४१
बिहीबार, ०६ जेठ २०७८

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ को प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ ।

सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपनि  १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।  यस्तै राष्ट्रपति भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप