कर्णालीमा थपिए ४५५ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २६० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १९ हजार १३३ पुगेको छ । कर्णाली प्रदेशमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचारको क्रममा सल्यानका पाँच, सुर्खेत र डोल्पाका एकएक जनाको मृत्यु भएको हो । यससँगै कर्णालीमा कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३९० जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये निको हुनेको संख्या ११ हजार ७५३ पुगेको छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसन सेन्टरमा ६ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण