शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

बिहीबार, ०६ जेठ २०७८, २० : ४०
बिहीबार, ०६ जेठ २०७८

प्रदेश १ मा  बिहीबार एकैदिन  कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनका कारण मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ७ महिला १६ पुरुषको मृत्यु भएको जनाइएको छ ।

पछिल्लो तथ्याँकअनुसार  मोरङमा ८ जनाको मृत्यु भएको छ । त्यसैगरी सुनसरीमा ७ जना, झापामा ५ जना, प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ । हिजो मात्र प्रदेशमा २१ जनाको मृत्यु भएको थियो । पछिल्लो गएको एकदिन यतादेखि प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या लगातार बढीरहेको छ।

प्रदेशमा  गएको सोमबार १८ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको थियो । गएको वैशाख २९ मा  १७ जनाको मृत्यु भएको थियो । प्रदेश १ मा कोभिड १९ को दोस्रो लहरपछि हालसम्म  २७२ जनाको मृत्यु भइसकेको छ ।

घटयो परीक्षण दर

प्रदेशमा बिहिबार २८४ महिला र ३८९ पुरुष गरी ६७३ जना नयाँ संक्रमित थपिएका छन् । स्वाब परीक्षणको दर घटेकाले संक्रमितको संख्यामा पनि कमी आएको हो ।  मन्त्रालयको अभिलेख अनुसार बिहिबार मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवा माईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनवर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१, रंगेली र स्थानीय तह नखुलेका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६, झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनकुटाको शहिद भूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १ जना पोजेटिभ भेटिएका छन्।
भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको मिक्लाजुङमा ७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बुधबार साढे २७ सयको स्वाब परीक्षण हुँदा झण्डै १३ सय नयाँ संक्रमित थपिएका थिए । बिहीबार भने १ हजार ४ सय ११ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५ सय ४१ पुगेको छ । संक्रमित भएकामध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । आज २१९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप