गण्डकी प्रदेशमा थप १०५३ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप १०५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २०६७ जनामा नमुना परीक्षण गर्दा थप १०५३ मा कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका मुस्ताङ र मनाङ बाहेका ९ जिल्लामा पीसीआर र एन्टिजेन परीक्षणमा १०५३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीका ३८३, तनहुँ ५४, गोरखा ९८, लमजुङ ३६, नवलपुर ७४ र स्याङजामा ३२ जना रहेका छन् ।
त्यसैगरी पर्वतमा ६५, बाग्लुङ २०४ जना र म्याग्दीमा १०७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३३ हजार ११३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै,प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण