गण्डकी प्रदेशमा थप १०५३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १०५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २०६७ जनामा नमुना परीक्षण गर्दा थप १०५३ मा कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका मुस्ताङ र मनाङ बाहेका ९ जिल्लामा पीसीआर र एन्टिजेन परीक्षणमा १०५३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीका ३८३, तनहुँ ५४, गोरखा ९८, लमजुङ ३६, नवलपुर ७४ र स्याङजामा ३२ जना रहेका छन् ।
त्यसैगरी पर्वतमा ६५, बाग्लुङ २०४ जना र म्याग्दीमा १०७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३३ हजार ११३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै,प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
-
ठुल्ठुला योजनामा सरकार, दातृ निकाय भन्छन्, ‘साना कुरामा ध्यान देऊ’
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभाको बैठक || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै