मनाङमा धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल
मनाङ । मनाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले अस्पतालको निर्माण गर्न थालेका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा सङ्क्रमण देखिएपछि गाउँपालिकाले रु १५ लाखको लगानीमा १० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ ।
विसं २०७२ को भूकम्पले जीर्ण भएको जिल्ला अस्पतालको पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा उपचारमा कठिनाइ झेल्दै आएका यहाँका सर्वसाधारणले अब भने सहज रुपमा उपचार पाउने भएका छन् । प्रदेश सरकारको रु १९ करोड लगानीमा जिल्ला अस्पतालको नयाँ भवनको निर्माण कार्य भइरहेको हुँदा गाउँपालिकाले जिल्ला खेलकुदको कभर्ड हललाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार यस अस्पतालमा १० वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ । सङ्क्रमितहरुको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उनले बताए । जिल्ला अस्पतालमा बिरामीको चाप हुनसक्ने भन्दै गाउँपालिकाले आफ्नै लगानीमा १० शय्याको अस्थायी अस्पताल बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन । हाल सञ्चालनमा नआएको भेन्टिलेटर गाउँपालिकाले सञ्चालन गर्ने तयारीसमेत थालेको छ ।
यस अस्पतालले एमडिजिडिपी गरेका डाक्टरको अभावमा थन्किएको सो भेन्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ । चार स्थानीय तह रहेको यस जिल्लामा तीन पालिकामा केभिड अस्थायी अस्पताल निर्माण भएपनि कर्मचारी अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् ।
नासो गाउँपालिकाले वडा नं. ५ मा रहेको स्वस्थ्य चौकीलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्दै आएको छ भने अन्य पालिकाले पनि स्वास्थ्य चौकीलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरेका छन् । मनाङमा २० वटा अक्सिजन कन्सन्टेटर मेसिन, ठूलो सानो गरी २९ अक्सिजन सिलिन्डर रहेको छ भने हालसम्म ११ वटा खपत भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा हाल आठ वटा कन्सन्ट्रेटर र आठ ठूला सिलिन्डर रहेको छ भने पाँच वटा साना रहेका छन् । अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था रहेको छ ।
चामे गाउँपालिकामा दुई अक्सिजन कन्सन्टेटर र दुई वटा सानो अक्सिजन सिलिन्डर रहेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा तीन वटा अक्सिजन कन्सन्टेटर र १३ वटा सानो सिलिन्डर रहेको छ भने नौ वटा खपत भएको छ । नार्फु गाउँपालिकामा पाँच वटा अक्सिजन कन्सन्टे«टर रहेको छ । यस गाउँपालिकामा अक्सिजन सिलिन्डर भने छैन । नासों गाउँपालिकामा दुई अक्सिजन कन्सन्टे«टर र एउटा सानो अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा आधार शिविरमा अक्सिजन राख्ने गरिएको छ । यहाँ निकै उचाइ हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायःजसो धेरैले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । जिल्ला अस्पतालमा सात, चामेमा १०, मनाङ ङिस्याङमा १३, नार्फु गाउँपालिकामा पाँच र नासों गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण