जसले लोकतन्त्र मान्दैनन्, उसैले लोकतन्त्रको प्वाँख जोडे : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विरुद्ध भद्दा, नग्न र कुरुपता प्रदर्शन भइरहेको बताएका छन् । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १३ बर्षे जेल जीवन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले विरोधी प्रतिक्रियावादीसँग मिलेर नेपालभर फिँजिएको उज्यालो निभाउन खोजिएको बताए ।
‘आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको भद्दा, नग्न र कुरुपता, अराजकताको विपक्षीसँग मिलेर विरोधीसँग मिलेर नेपालभरी फिँजिएको उज्यालोलाई निभाउन प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जता पूर्वक अहिले पनि आन्दोलनविरुद्ध लााग्ने तत्व देखिएका छन्’, प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले यस्तै प्रवृत्तिका कारण मलेसिया लगायतका देशको आन्दोलन सिद्धिएको भन्दै दुनियाँमा सामाजिक न्याय र समृद्धिका निम्ती लड्ने कम्युनिस्ट विचार मात्रै भएको बताए । तर त्यस विचारको यात्रा सहज नहुने र प्रतिक्रियावादीले नसहने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कठिन दिन र भोगाइहरूबाट आजको उपलव्धी भएको भन्दै ओलीले आज केही नेताहरु इमान छोड्ने र अहंकारी बन्ने र म हुँ भन्ने भावनाबाट विमारी भएको बताए । इमान छोड्ने प्रवृति हिजो पनि देखिएको भन्दै प्रधानमन्त्रीले जुन दलसँग प्रतिस्पर्धा गरिएको हो उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासनहीन काममा एमालेकै नेताहरु लागि परेको बताए । उनले यस्तो अराजकतालाई सामान्य भन्न नमिल्ने भन्दै जव नेता बिक्छन् र पतित हुन्छन तब आन्दोलनलाई सकिने बताए ।
‘इमान छोड्नु अहंकारी हुनु म भन्ने भावनाबाट आक्रान्त बिमारी हुनुले नेपालको आन्दोलन ध्वस्त पार्ने प्रयास भइरहेको छ’, ओलीले भने, ‘त्यसलाई फुटाइयो तर अदालतलाई अपजस लगाइयो । जसले लोकतन्त्र मान्दैनन्, उनीहरु लोकतन्त्रको प्वाँख जोडेर देशलाई अराजकता र असभ्यताको असभ्यतातिर लान खोजेको छ’, उनले काँग्रेस सभापति शेरबहादुरर देउवाको नामै लिएर पाखण्डी भाषा प्रयोग गरेको बताए ।
ओलीले पुष्पकमल दाहालले १५ वर्षदेखि बोलेका र बचन लगाएका आरोप हेर्ने हो भने अत्यन्तै गम्भिर रहेको भन्दै त्यसलाई असभ्यताको पराकाष्ठाको संज्ञा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
