सर्वोच्च जानुअघि सिंहदरबारमा विपक्षी दल प्रारम्भिक छलफलमा
शनिबार, ०८ जेठ २०७८, १६ : ३१
काठमाडौं । विपक्षी गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च जाने विषयमा प्रारम्भिक छलफलमा जुटेको छ । शनिबार अपरान्ह साढे ४ बजेपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भइरहेको छ । त्यसको संयोजन काँग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन् ।
बहुमत सांसदहरुले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा तयारी गर्न प्रारम्भिक छलफलमा जुटिएको लेखकले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार भोलि नै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिइने छ । प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद विघटन गरेकाले सर्वोच्चले संसद पुनःस्थापना गर्ने पनि लेखकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण