पोखरामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन
पोखरा । पोखरामा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।
जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा खटिएको प्रहरीले हस्तक्षेप गरेको नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले जनाकारी दिए । उनले विद्यार्थीको आन्दोलन पोखराबाट शुरु भएको बताउँदै अब देशैभर आन्दोलन चर्काउने चेतावनी दिए ।
उनले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र मूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताउदै त्यस कदमका विरुद्ध नेविसंघ चुप लागेर नबस्ने बताए । यसैबीच, प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ । उसले शान्तिपूर्ण रुपमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेर प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रहार गरेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण