शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा क्रमश घट्दै छन् कोरोना संक्रमित : पछिल्लो २४ घण्टामा २.४० लाख भेटिए, ३.५४ लाख निको भए

आइतबार, ०९ जेठ २०७८, ११ : ५४
आइतबार, ०९ जेठ २०७८

भारतमा कोरोनाको दोस्रो लहरको क्रमशः कम हुँदैछ । शनिबार भारतमा २ लाख ४० हजार ७६६ मा कोरोना पुष्टि भएको छ । भारतमा ३५ दिनपछि नयाँ संक्रमितको आँकडा २.५ लाखभन्दा कम रह्यो । यसअघि १६ अप्रिलमा २ लाख ३४ हजार २ जना कोरोनाद्वारा संक्रमित पाइएका थिए ।

यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको संख्या अहिले पनि चिन्ताजनक नै छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३,७३६ जनाको मृत्यु भएको छ । साथै, यतिबेला ३ लाख ५४ हजार ८२५ जना निको पनि भएका छन् ।

यसरी भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख १७ हजार ८७७ को कमी भएको छ । हाल देशमा २८ लाख ४०३ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा देखिएका नयाँ संक्रमितः २.४० लाख

पछिल्लो २४ घण्टामा निको भएकाः ३.५४ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,७३६

हालसम्म कूल संक्रमित भइसकेकाः २.६५ करोड

हालसम्म निको भएकाः २.३४ करोड

हालसम्म कूल मृत्युः २.९९ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २८ लाख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप