दलहरुलाई ओलीको व्यङ्ग्य– मोर्चा कसेर मुद्दा हाल्ने !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेकोमा व्यङ्ग्य गरेका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरै जनाले मोर्चा कसेर बल पु¥याएर मुद्दा हाले पनि त्यही हो ।’ उनले युद्धको मैदानमा मोर्चा कस्नुको अर्थ हुने भए पनि न्यायका लागि मोर्चा कस्न आवश्यक नरहेको बताए । एकजनाले नै मुद्दा हाले पनि न्याय पाउने ठाउँ रहेमा न्यायालयले उसलाई न्याय दिने उनको भनाइ थियो ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर हुने अवस्था नै नरहेको टिप्पणीसमेत गरे । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बन्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनको अर्को कुनै विकल्प संविधानमा नरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण