सोनुले दिलाए बेरोजगारलाई नोकरी
मुम्बई । अभिनेता सोनु सुद सन् २०२० देखि लगातार मानिसहरुको सहयोगमा अगाडि देखिने गरेका छन् ।
आफ्ना अगाडि कसैले केही समस्या राख्यो कि उनी उक्त समस्या समाधान गरिदिन्छन् ।
सोनुको सहयोग सिलसिला लगातार जारी रहेको छ । अहिले पनि उनको सहयोगको एक भिडियो बाहिर आएको छ । जसमा एक युवकको जागिरका लागि उनले पहल गरेर जागिर पक्का गरिदिएका छन् ।
जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल्यो नि ।’ ति युवक खुसी भएर अभिनेताको खुट्टा समेत छुन्छन् ।
कोरोनाको पहिलो होस् वा अहिलेको दोस्रो लहरको समय सोनु हरहमेसा मानिसको सहयोगमा देखिरहेका छन् ।
उनले मानिसहरुलाई अक्सिजन, इन्जेक्सन र अस्पतालमा बेड दिलाउन समेत सहयोग गरिरहेका छन् । एक दिन पहिले मात्र उनले आन्द्र प्रदेशमा कुरनुर अक्सिजन प्लान्ट सेट स्थापना गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण