एकान्तवासबाट ‘पहिलो प्रेम पत्र’
–अर्जुनप्रकाश भुसाल
प्रिय,
अटुट प्रेमसँगै
सुमधुर सम्झना ।
म त युद्धको मैदानमा
डटिरहेको छु
प्रेमयुद्ध होइन,
विश्वयुद्ध जस्तै
नयाँ युद्ध हो,
प्रकृतिविरुद्धको युद्ध ।
जुन युद्धमा करोडौँ
जनहरू लडिरहेका छन,
म पनि लगभग मध्यविन्दुमा
प्रवेश भइसक्यो,
शत्रुपक्षसँगको कडा भिडन्त
जारी छ ।
जसरी द्वापार युगमा
विराटयुद्ध अर्जुन
एक्लै कौरवविरुद्ध
जाई लागेर
लखटेका थिए,
म पनि हरेश खाको छैन ।
प्रिय,
जब शत्रु पक्ष
केही बलियो भएझैँ हुन्छ,
तिम्रो ममताले भरिएको
महासागरको बाँध
अनियन्त्रित भई फुट्छ ।
हतार हतार गरी
तातो पानीको बाफमा
घुम्टो ओढेर मज्जाले
बाफ लिँदा बाफ
फिक्का हँुदै जान्छ
अनयासै त्यो आधा
भाँडो भरिन्छ ।
तिम्रो ममताको भावना
पोख्ने ठाउँ पाएको छु,
मन हलुका गर्न पाएको छु,
यो ‘अश्रु’ हुँदै होइन,
यो त ‘वरदान’ हो अस्त्रहरूको, नारायणास्त्र, देव्यास्त्र र ब्रह्मास्त्रा ।
दुःखी पनि छु
धेरै साथीहरू
यो युद्धको मैदानबाट
सहादत भए,
बिचरा उनीहरूको
कवच खोसियो,
‘कर्णको जस्तै’
राज्यबाट वञ्चित
गरियो खोपलगाउन,
अनागरिक बनी गए ।
प्रिय,
छैन मलाई कुनै
हस्तिनापुर राज्य पाऊँ
छ त तिम्रो माया नगुमाऊ,
हो म पक्कै विजयी बन्ने छु र
तिम्रो अङ्कमालमा पुन पुग्ने छु
सुरक्षित रहनू, सतर्क रहनू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण