सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमण र मृतकको ग्राफ बढ्दै

सोमबार, १० जेठ २०७८, १७ : २२
सोमबार, १० जेठ २०७८

गण्डकी प्रदेशमा कोरोनाभाइरसको संक्रमण दिन प्रतिदिन तीव्र बन्दै गएको छ । संक्रमणको रफ्तार कम गर्ने उद्देश्यले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरे पनि संक्रमण दर घट्न सकेको छैन ।

प्रदेशमा हालसम्म कोभिड–१९ अर्थात् कोरोनाभाइरसबाट ३४ हजार ५८२ जना संक्रमित भएका छन् । तीमध्ये १० हजार २८४ जना सक्रिय संक्रमित छन् । हालसम्म प्रदेशमा ५३१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छने । तीमध्ये ३४७ पुरुष र १८४ महिला छन् ।

जिल्लागत रुपमा प्रदेशमा सर्वाधिक प्रभावित जिल्ला कास्की हो । कास्कीमा अहिलेसम्म १६ हजार ४६५ जनामा संक्रमण देखिएको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३१८ जना छ । कास्कीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५२ पुगेको छ ।

त्यसपछि नवलपरासी पूर्व बढी प्रभावित देखिन्छ । त्यहाँ अहिलेसम्म ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार ७९८ जना निको भइसकेका छन् । सो जिल्लामा हाल १ हजार २१९ सक्रिय संक्रमित छन् भने ३७ जनाको मृत्यु भएको छ ।

स्याङ्जामा हालसम्म २ हजार ५०३ जनामा संक्रमण देखिएको छ भने १ हजार २५३ जना निको भइसकेका छन् । त्यहाँ १ हजार १७९ जना सक्रिय संक्रमित छन् भने ७१ जनाको मृत्यु भएको छ ।

यस्तै बागलुङमा हालसम्म २ हजार ७२४ जनामा संक्रमण देखिएकोमा १ हजार ५६३ जना निको भइसकेका छन् । त्यहाँ १ हजार १३५ सक्रिय संक्रमित छन् भने भने २६ जनाको मृत्यु भएको छ ।

म्याग्दीमा हालसम्म १ हजार ४९९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४८० जना निको भइसकेका छन् । म्याग्दीमा सक्रिय संक्रमितको संख्या ९९६ छ भने २३ जनाको मृत्यु भएको छ ।

पर्वतमा हालसम्म १ हजार २०१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६६१ जना निको भइसकेका छन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५१० छ भने ३० जनाको मृत्यु भएको छ ।

तनहँुमा तनहँुमा २ हजार ४८८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ८११ जना निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ६२३ छ । त्यहाँ ५४ जनाको मृत्यु भएको छ ।

गोरखामा हालसम्म २ हजार १३८ जनामा कोरोना संक्रमण देखिएकोमा १ हजार १८३ जना निको भइसकेका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ९३१ छ भने २४ जनाको मृत्यु भएको छ ।

लमजुङमा १ हजार ३१५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार १२ जना निको भइसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २९३ छ भने १० जनाको मृत्यु भएको छ ।

मुस्ताङमा ११० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ८७ छ भने ४ जनाको मृत्यु भएको छ ।

मनाङमा ८३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ जना संक्रमणमुक्त भएका छन् । तर, कोरोना संक्रमणका कारण यस जिल्लामा कसैको पनि मृत्यु भएको छैन । मनाङमा हाल ५२ जनामा सक्रिय संक्रमण छ ।

हालसम्म प्रदेशमा १ लाख ७७ हजार ३१३ जनाको नमूना परीक्षण गरिएको छ । त्यसमध्ये १ लाख ४२ हजार ७३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

वैशाख ५ यता ३२६ जना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा वैशाख ५ यता कोरोना संक्रमणका कारण ३२६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर आए पनि प्रदेशमा वैशाख ५ गतेसम्म मृत्युदर शून्य थियो । वैशाख ६ गते संक्रमणकै कारण पोखरामा एकजनाको मृत्यु भयो । त्यस यता भने दैनिकजसो मृतकको संख्या थपिँदै गएको छ ।

वैशाख ७ मा १ जना र ८ गते २ जनाको मृत्यु भएको थियो । वैशाख ९, १०, ११ र १२ गते प्रदेशमा संक्रमणका कारण कसैको पनि मृत्यु भएन । वैशाख १३ गते ४ जना, १४, १५ र १६ मा २÷२ जनाको मृत्यु भएको थियो । त्यस्तै वैशाख १७ मा ३ जनाको मृत्यु भए पनि १८ गते संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रह्यो ।

तर १९ गते मृतकको संख्या एक्कासी बढ्यो । त्यसदिन प्रदेशमा संक्रमणका कारण ८ जनाको मृत्यु भएको थियो । वैशाख २० गते संक्रमणका कारण कसैको मृत्यु भएन । २१ गते ३ जना, २२ मा २ जना, २३ मा ४ जना, २४ मा ७ जना, २५ मा ३ जना, २६ मा १२ जना, २७ मा १३ जनाको मृत्यु भयो ।

त्यसैगरी वैशाख २८ मा १२ जना, २९ मा १६ जना, ३० मा १४ जना र ३१ गते २३ जनाको मृत्यु भयो । जेठ १ मा १४ जना, २ मा २८ जना, ३ मा २४ जना, ४ गते १५ जनाको मृत्यु भएको थियो । जेठ ५ गते प्रदेशमै अहिलेसम्मै धेरै अर्थात् ३० जनाको मृत्यु भयो । जेठ ६ गते २४ जनाको मृत्यु भएको छ । यस्तै, जेठ ७ मा १९ जना, ८ मा २१ जना र ९ मा १७ जनाको मृत्यु भएको छ ।

२३ हजार ८०७ जना संक्रमणमुक्त

गण्डकी प्रदेशमा हालसम्म २३ हजार ८०७ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये १५ हजार २२५ पुरुष र ८ हजार ५४२ जना महिला छन् । प्रदेशमा सबैभन्दा धेरै कास्कीमा १२ हजार ८९५ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये पुरुष ७ हजार ८३८ र महिला ५ हजार ५७ जना छन् ।

नवलपरासी पूर्वमा २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये १ हजार ८४३ पुरुष र ९५५ जना महिला छन् ।

त्यस्तै तनहुँमा १८११ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये १ हजार २४३ पुरुष र ५६८ जना महिला छन् । बागलुङमा १ हजार ९६ पुरुष र ४६७ जना महिला गरी १ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् ।

स्याङ्जामा हालसम्म १ हजार २५३ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये ८८८ पुरुष र ३६५ महिला छन् । गोरखामा ७७० पुरुष र ४१३ महिला गरी हालसम्म १ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

लमजुङमा १ हजार १२ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये ७०० पुरुष र ३१२ जना महिला छन् । त्यसैगरी पर्वतमा संक्रमणमुक्त भएका ६६१ जनामा ४६१ पुरुष र २०० महिला छन् । म्याग्दीमा हालसम्म ४८० जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये ३२० पुरुष र १६० जना महिला छन् ।

मुस्ताङमा ८० जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये ४९ पुरुष र ३१ जना महिला छन् भने मनाङमा हालसम्म ३१ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये १७ पुरुष र १४ जना महिला छन् ।

प्रदेशमा हालसम्म १ लाख ७७ हजार ३१३ जनामा परीक्षण गरिएकोमा ३४ हजार ५८२ जनामा संक्रमण देखिएको छ । जसमध्ये २३ हजार ८०७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा होम आइसोलेसनमा ९ हजार ८२ जना रहेको प्रदेश निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप